Like us!
Follow us!
Connect us!
Watch us!

काउन्टर साइक्लिकल बफरबारे बैंकहरुलाई राहत हुने गरि राष्ट्रबैंकले जारी गर्यो एकिकृत निर्देशन

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, ०७ : २१ मा प्रकाशित

काउन्टर साइक्लिकल बफरबारे बैंकहरुलाई राहत हुने गरि राष्ट्रबैंकले जारी गर्यो एकिकृत निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एकिकृत निर्देशन जारी गर्दै  काउन्टर साइक्लिकल बफरबारे नयाँ व्यवस्था गरेको छ।

राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै  २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने तय गरेको छ ।

संशोधित व्यवस्था यस्तो छ ‘वाणिज्य बैंकहरुले आ.व २०८० / ८१ देखि Capital Adequacy Framework 2015 मा व्यवस्था भएबमोजिमको Countercyclical Buffer कायम गर्नुपर्नेछ । २०८१ साउन देखि लागु हुने गरी आ.व २०८१/८२ का लागि यस्तो Buffer शून्य प्रतिशत रहने ।’

यस अघि वाणिज्य बैंकहरूले ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नुपर्ने व्यवस्था थियो। अब भने सो व्यवस्था हटेर शुन्य प्रतिशत कायम भएको हो ।

 बैंकहरूले थप ०.५ प्रतिशत पुँजीकाेष कायम गर्नु नपर्ने भएपछि बैंकहरुको पूँजीकोषमा दबाव कम हुने छ ,कर्जा विस्तार गर्ने क्षमता बढ्ने छ। 

त्यस्तै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ । यस अघि यो रु. २ करोडभन्दा कम रकमको व्यवस्था थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको