Like us!
Follow us!
Connect us!
Watch us!

योगेशको प्रचण्डलाई प्रश्न : तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?

अर्थ संसार

बुधबार, १२ भदौ २०८१, १५ : ०७ मा प्रकाशित

योगेशको प्रचण्डलाई प्रश्न : तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?

नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्युतको १६ अर्ब छुट दिएको आरोपमा प्रतिनिधिसभाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

भट्टराईले प्रतिनिधिसभाको बैठकमा बोल्दै  यस्तो बताएका हुन् ।

उनले कुन कानून र अधिकारको प्रयोग गरेर विद्युत बक्यौता छुट दिनुभयो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘२१ अर्ब ८८ करोड बक्यौता छ । एक पैसा पनि बाँकी नराखी उठाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । प्रचण्ड प्रधानमन्त्री भएपछि उहाँले हल गर्नको लागि उहाँले गएको वैशाख २७ गते प्राधिकरणलाई बक्यौतालाई ६ अर्बमा झारेर १६ अर्ब मिनाहा गर्ने आशयको पत्र लेख्नुभयो । तपाईंले कुन कानून र अधिकारको प्रयोगले १६ अर्ब छुट दिने निर्णय गराउनुभयो ?’

उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको