Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य निरन्तर उकालो यात्रामा, आज कति पुग्यो ?

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १० : ५४ मा प्रकाशित

सुनको मूल्य निरन्तर उकालो यात्रामा, आज कति पुग्यो ?

नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य सामान्य बढेर हालसम्मकै उच्च बन्न पुगेको छ। बिहिबार सुन तोलामा १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

बुधबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,बिहीबार चाँदी प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको