Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ- गोकुल बास्कोटा

अर्थ संसार

शुक्रबार, १४ भदौ २०८१, ०७ : १० मा प्रकाशित

विद्युतको बक्यौता उठाउन प्रचण्डले रोकेका हुन्, स्पष्टीकरण सोध्नुपर्छ- गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै विद्युतको बक्यौता उठाउन रोकेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता बाँस्कोटाले प्रचण्डले नै विद्युतको बक्यौता रोक्न पत्र पठाएको उल्लेख गर्दै संसदले स्पष्टीकरण सोध्नु पर्ने बताएका हुन् । साथै बास्कोटाले प्रचण्डलाई बङ्गलादेश बनाउने अभिव्यक्ति नदिन चेतावनी समेत दिए ।

बास्कोटाले माओवादीको च्याँखे दाउ मात्र थापिरहेको भन्दै सत्ताबाट बाहिर जाने वित्तिकै बङ्गलादेश बनाउने बताएको उल्लेख गरे । बास्कोटाले माओवादीले लेखा समितिको सभापति मागेको प्रसंग उल्लेख गर्दै लेखा समितिको सभापति फेर्ने भए सबै समितिको फेर्नुपर्ने प्रस्ताव अगाडी सारे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको