Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डप्रति आक्रामक हुदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

अर्थ संसार

शनिबार, १५ भदौ २०८१, १७ : ३९ मा प्रकाशित

प्रचण्डप्रति आक्रामक हुदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन् । उनले भने- 'प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन् ।'

उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने- 'म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको