Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सुधारका लागि सांसददेखि लगानीकर्ताले अर्थमन्त्रीलाई दिए ७ बुँदे सुझाव

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०८ : २३ मा प्रकाशित

सेयर बजार सुधारका लागि सांसददेखि लगानीकर्ताले अर्थमन्त्रीलाई दिए ७ बुँदे सुझाव

सेयर बजार सुधारका लागि सांसददेखि लगानीकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर ७ बुँदे सुझाव दिएका छन्। 

सांसद हरि ढकाल सहितको टोलीले अर्थमन्त्री पौडेललाई भेटेर कुल बजार पूँजीकरण गणना विधिलाई व्यवहारिक बनाउन ध्यानाकर्षण गराएका हुन्। 
उनीहरुले अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै,बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचीकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने सुझाव दिइएको छ।

सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानुपर्ने माग गरिएको छ भने धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने भनिएको छ।

खराब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैंकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिबिधि रोक्न नियमन बढाउनु पर्ने माग गरिएको छ।

रास्वपा सांसद ढकालसँगै ब्रोकरको तर्फबाट प्रियराज रेग्मी, दुर्गा तिवारी, मर्चेन्ट क्यापिटलको तर्फबाट सचिन सिलवाका साथै लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामी सहितको टोलीले अर्थमन्त्रीलाई भेटेरै सुझाव दिएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको