Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबि

अर्थ संसार

मंगलबार, १८ भदौ २०८१, २१ : २३ मा प्रकाशित

बालेनको स्ट्याटस फेसबुकले नै हटाइदिएको सचिवालयको दाबि

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि सो पोष्ट फेसबुकले नै हटाएको उनको सचिवालयले स्पष्ट गरेको छ ।

बालेनले सो स्टाटसमा एमालेकी प्रदेश सांसद रेखा शर्माले  नाबालिकालाई घरेलु हिँसा गरेको भन्दै पक्राउ गर्न प्रधानमन्त्री केपी ओलीमाथि प्रश्न गरेका थिए । तर, सो स्टाटस मंगलबार बिहान गायब भएको थियो । 

बालेनले डिलिट गरेको आरोप लागिरहेको बेला उनको सचिवालयले भने कसैले फेसबुकलाई रिपोर्ट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताएको छ ।

सचिवालयले कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको भन्दै बालेनका स्वकीय सचिव भूपदेव शाहले भनेका छन्- 'कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन, आशावादी छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको