Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको फेसबुक पेज 'अनफलो' गर्ने अभियान चलाउदै बालेन समर्थक

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, ०८ : १७ मा प्रकाशित

ओलीको फेसबुक पेज 'अनफलो' गर्ने अभियान चलाउदै बालेन समर्थक

काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाएका छन् । 

मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।

मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन् । 

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको