Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १० : ४१ मा प्रकाशित

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो

पछिल्लो समय निकै उतार चढावमा रहेको सुनको मूल्य तिनदिन यता स्थिर रहेको छ।

गत सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार पनि सोही मूल्य निर्धारण भएको थियो । लगातर तेस्रो दिन अर्थात् बुधबार पनि सुनको थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ तोकेको छ ।

महासंघका अनुसार बुधबार चाँदी भने प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको