Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब ६५ करोडको सेयर कारोबार

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १५ : १५ मा प्रकाशित

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ९ अर्ब ६५ करोडको सेयर कारोबार

साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१० अकंले घटेर २७२७.३६ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। आज नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको