Like us!
Follow us!
Connect us!
Watch us!

गोरक्ष हाइड्रोपावरको साधारणसभा असोज ३ गते, यी हुन् एजेन्डा

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०७ : ४२ मा प्रकाशित

गोरक्ष हाइड्रोपावरको साधारणसभा असोज ३ गते, यी हुन् एजेन्डा

गोरक्ष हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज ३ गते आह्वान गरिएको छ।

भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले आव ०७९/८० र आव ०८०/८१ को साधारणसभा बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बोलाउने निर्णय गरेको हो।

साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रगति विवरण प्रस्तुत गर्नेछन् भने आव ०७९/८० र ०८०/८१ के वार्षिक लेखापरीक्षण प्रतिवेदन, अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गरिनेछ।

त्यस्तै, आव ०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, संस्थापक समूहमध्येबाट ३ जना र एक व्यवसायिक विज्ञसहित सञ्चालक चयन गरिने छ।

कम्पनीको अधिकृत पुजी वृद्धि गरी १ अर्ब ७० करोड पुर्याउने विशेष प्रस्ताव पेस गरिने भएको छ भने तत्कालीन जारी पुजी वृद्धि गरी १ अर्ब ३० करोड कायम गरिने भएको छ। त्यसका लागि आइपिओ जारी गर्ने तयारी कम्पनीकाे छ। आइपि‍ओसँग सम्बन्धित काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइने एजेण्डा पनि साधारणसभामा  छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको