Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता, पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, ०९ : २१ मा प्रकाशित

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता, पर्यटन बोर्डको सिइओमा दीपकराज जोशी

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र पर्यटन बोर्डमा नयाँ नियुक्ति गरेको छ।

मन्त्रिपरिषदको बिहीकारको बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई र पर्यटन बोर्डको कार्यकारी अधिकृतमा दीपकराज जोशीलाई नियुक्त गरेको हो।

टेलिकममा पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस भएको थियो। 

त्यस्तै, जोशी दोस्रो पटक बोर्डको सिइओ बनेका हुन्। जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो। तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सिइओविहीन थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको