Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

अर्थ संसार

शुक्रबार, २१ भदौ २०८१, २० : ०६ मा प्रकाशित

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिन अघि हटाएको थियो ।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए ।

यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाईमा लागेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको