Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, ११ : १८ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार अहिलेसम्मकै उच्चमूल्यमा कारोबार भएको सुन आइतबार तोलामा १२ सय रुपैँयाले घटेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ५२ हजार एक सय रुपैँयामा कारोबार भइरहेको छ ।  यस अघि शुक्रबार सुन १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको