Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ‘करेक्सन’ कि ‘बियरिस ट्रेन्ड’को सुरूआत ?

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १२ : २९ मा प्रकाशित

सेयर बजारमा ‘करेक्सन’ कि ‘बियरिस ट्रेन्ड’को सुरूआत ?

गत साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । गत साता २७२७.३६ को विन्दुमा बन्द भयो । समग्रमा गत साता सेयर बजारमा २२.२५ अंकको गिरावट आयो । 

नयाँ सरकार बनेपछि निरन्तर उकालो लाग्न थालेको सेयर बजार दुई सातादेखि निरन्तर घटिरहेको छ । बजार निरन्तरजसो घटेपछि कतिपय लगानीकर्ता अहिले त्रसित बनेका छन् । त्रसित लगानीकर्ताको बिक्री चाप र नाफा भएकाहरुको पनि नाफा सुरक्षित गर्दा सेयर बजारमा करेक्सन हो कि ‘बियरिस ट्रेन्ड’को सुरूआत भएको हो यकिन÷अनुमान गर्न सक्ने स्थिीती देखिदैन् । 

यस्तो अवस्थामा एकातिर बजार बुलिस ट्रेन्डमा जान प्रर्याप्त पूर्वाधार तयार नभइकन हल्लाकै भरमा बजार बढेको भन्ने कुरापनी चलिरहेको छ भने ।

अर्कोतर्फ बजार घट्दै जाँदा बिक्री गर्न छाडेर खरिद बढाउँदै लानुपर्ने विभिन्न लगानीकर्ताहरुले भनिरहेका छन् । कतिपय लगानीकर्ता अहिले करेक्सन मात्रै भएको र बजारले अर्को नयाँ रेकर्ड बनाउने दावी समेत गर्छन् भने कतिपय लगानीकर्ता र टेक्निकल एनलाइसिस व्यक्तिहरुले बजारले बियरिस चक्र समातेको टिप्पणी पनी सामाजिक सञ्जालतीर गरीरहेका छन् । 

अब बजारले कस्तो मोड लिन्छ त भन्नेबारे अनुमान गर्न भने निकै नै गाह्रो छ ।

अघिल्लो साता ०.८१ प्रतिशतले ओरालो लागेको सेयर बजार आजबाट सकारात्मक दिशातर्फ अघि लाग्ने आकलन लगानीकर्ताले गरेका छन्। तर, प्राविधिक विश्लेषण हेर्ने हो भने सेयर बजार बढ्छ वा गत साताझैं वियरिसमै रहन्छ यकीन हुन भने सकेको छैन, बजारमा अन्यौल नै छ।

लगानीयोग्य पूँजी पर्याप्त छ भने सहज रुपमा कर्जा पाउने अवस्था छ। त्यही भएर ढिलोचाँडो बजारले लय समात्ने अनुमान गरिएको छ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको