Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १३ : १३ मा प्रकाशित

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले आज (भदौं २३ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो ।

यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । उक्त रकमको सावा र व्याज एकमुष्ठ रुपमा राष्ट्र बैंकले असोज १३ गते फिर्ता दिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको