Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडमाथिको कारोबार

अर्थ संसार

आइतबार, २३ भदौ २०८१, १५ : १३ मा प्रकाशित

सेयर बजारमा २५.४६ अंकको गिरावट, १० अर्ब १२ करोडमाथिको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा बन्द भएको छ । आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोडमाथिको   सेयर कारोबार भएको छ ।

आज सबैभन्द धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था र मिड सोलुका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको