Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १० : ५० मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको १२ सयले घटेर १ लाख ५२ हजार १ सय मा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदी प्रतितोला १ हजार ७५५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७५० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको