नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरेको
पक्राउ पर्नेमा ललितपुर घर भएकी ३२ वर्षीय गोमा पाण्डे, सर्लाही घर भएका २८ वर्षीय अनिल कुमार महतो, झापा घर भएका ५० वर्षीय गोपाल प्रसाद घिमिरे र सङ्खुवासभा घर भएका ४३ वर्षीय सुवास ढकाल छन् ।
उनीहरूले एसईई र प्लस टूको नक्कली मार्कसिट र ट्रान्सक्रिप्ट बनाई पेस गरेका थिए भने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस