Like us!
Follow us!
Connect us!
Watch us!

खुल्यो अमेरिका जाने डीभी भिसा, कसरी भर्ने ?

अर्थ संसार

विहीबार, १७ असोज २०८१, १० : ४१ मा प्रकाशित

खुल्यो अमेरिका जाने डीभी भिसा, कसरी भर्ने ?

२०२६ का लागि मेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) बुधबार रातिबाट खुला भएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्ने दूतावसले जनाएको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । 

दूतावासले डीभी चिट्टा असोज १६ को रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले  https://dvprogram.state.gov/   मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको