Like us!
Follow us!
Connect us!
Watch us!

२६ सयको विन्दुमा नेप्से, ९ अर्ब ३६ करोडको कारोबार

अर्थ संसार

सोमबार, २४ भदौ २०८१, १५ : १४ मा प्रकाशित

२६ सयको विन्दुमा नेप्से, ९ अर्ब ३६ करोडको कारोबार

अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको छ, जसले गर्दा कारोबार रकममा ठूलो गिरावट आएको छ। 

आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६४२.९१ को बिन्दुमा कायम भएको छ । आज नेप्से मात्र  घटेको छैन, कारोबार रकम पनि घटेर ९ अर्ब ३६ करोडमा सीमित भएको छ। नयाँ सरकार आएपछि कारोबार रकम दैनिक २९ अर्बभन्दा माथि पुगेको थियो, तर हाल बजारमा गिरावट आएको छ।

आज सबैभन्दा धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २३करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९८ प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको