Like us!
Follow us!
Connect us!
Watch us!

आज संसद बैठक बस्दै, सहरी र शिक्षामन्त्रीले जवाफ दिने

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ०७ : ३९ मा प्रकाशित

आज संसद बैठक बस्दै, सहरी र शिक्षामन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

मंगलबारको बैठकमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आआफ्नो मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ दिनेछन्।

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पनि बैठकमा पेस गर्ने कार्यतालिका छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको