Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

अर्थ संसार

मंगलबार, २५ भदौ २०८१, ११ : २७ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला  १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदी प्रतितोला १ हजार ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५५ मा कारोबार भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको