Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, २६ भदौ २०८१, ११ : ३० मा प्रकाशित

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा केन्द्रीय बैंकले आज (बुधबार) तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल गर्ने जनाएको राष्ट्र बैंकले उक्त निक्षेपपत्रको आजै बिक्री गरिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको  साँवा र ब्याज भुक्तानी आगामी १६ असोजमा हुनेछ । राष्ट्र बैंकले भदौ लागेयता यो पाँचौ पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रीय बैंकले यसअघि भदौ २ गते १ खर्ब, १२ गते ४० अर्ब, १९ गते ४० अर्ब, भदौ २३ गते १ खर्ब प्रशोचन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको