Like us!
Follow us!
Connect us!
Watch us!

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम भारी वर्षा हुने, रातिदेखि पश्चिममा भीषण वर्षाको चेतावनी

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ०६ : ५७ मा प्रकाशित

आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम भारी वर्षा हुने, रातिदेखि पश्चिममा भीषण वर्षाको चेतावनी

आज बिहीबार कोशी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि भने पश्चिम नेपालमा भीषण वर्षा हुनेछ।

दिउँसो सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्नेछ बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बादल रहनेछ। सुदुरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरी सहित भारी वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।

राति सुदुरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा  हावाहुरीसहित भारी वर्षा हुनसक्ने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ।

शुक्रबार सुदुरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको