Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिममा निरन्तर वर्षा, आज यी प्रदेशमा भारी वर्षा हुने

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०६ : ५७ मा प्रकाशित

पश्चिममा निरन्तर वर्षा, आज यी प्रदेशमा भारी वर्षा हुने

पश्चिम नेपालमा बिहीबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्यत्र केही क्षण वर्षा हुने र बन्द हुने भइरहेको छ। तर, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिमा पानी परिरहेको छ। 

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि आकलन गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिमका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम का केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षा हुनसक्ने देखिएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको