Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै एक लाख ५६ हजार नाघ्यो

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ११ : १७ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाकै एक लाख ५६ हजार नाघ्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो ।

त्यस्त्र, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ जुन हिजोको तुलनामा ६५ रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको