Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिना अघि दुई बस खसेको सिमलतालबाट त्रिशूलीमा ट्रक खस्यो

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ०९ : १२ मा प्रकाशित

दुई महिना अघि दुई बस खसेको सिमलतालबाट त्रिशूलीमा ट्रक खस्यो

 मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदीमा ट्रक खसेको छ।

 आइतबार बिहान आरएमसी कम्पनीको खानेतेल बोकेको बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशुलीमा खसेको चितवन प्रहरीले जनाएको छ।

चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालका अनुसार चलानी रहेको मोबाइल नम्बरमा फोन भने लागेको छैन। ट्रकका चालक र सहचालक पनि नभेटिएका प्रहरी जनाएको छ। ट्रकमा चालकबाहेक अन्य को को थिए र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन।

गत असार २८ मा मात्र सिमलतालबाछ दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए। बेपत्ता बसमा सवार ३५ जनाको अवस्था अझै अज्ञात छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको