Like us!
Follow us!
Connect us!
Watch us!

११ कम्पनीको साधारणसभा दशैं अगाडि नै , कसले कति दिँदैछन् लाभांश ?

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, १० : ५१ मा प्रकाशित

११ कम्पनीको साधारणसभा दशैं अगाडि नै , कसले कति दिँदैछन् लाभांश ?

दशैं अगाडी लाभांश सहित बिभिन्न ११ संस्थाले बार्षिक साधारणसभा गर्ने भएका छन् । कम्पनीहरुले विभिन्न प्रस्तावहरुसहित गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारणसभा  गर्ने  भएका हुन् ।

सूचीकृत कम्पनीहरुमध्ये आशुतोष इनर्जीले ७ औं वार्षिक साधारणसभा असोज २० गतेका लागि बोलाएको छ । 
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ५.२६३ प्रतिशतका दरले २ करोड ५२ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिइडिबी हाइड्रोपावरको साधारणसभा असोज २१ बस्ने भएको छ ।  साधारणसभाको मुख्य एजेण्डा लाभांश र हकप्रद सेयर रहेका छन् ।
अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्ने एजेण्डा छ । 

ओरियण्टल होटलले असोज २० गते आइतबार वार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 

यता १२ प्रतिशत लाभांश कर कट्टी गरी वितरण गर्ने प्रस्ताव गरेको माण्डु हाइड्रोपावर लिमिटेडले १३ औं वार्षिक साधारणसभा असोज १४ गते गर्ने भएको छ । 

भगवती हाइड्रोपावरले १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ कम्पनीले असोज १६ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । 

नेपाल ल्यूब आयलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्न असोज १८ गते साधारण सभा डाकेको छ । 

मोलुङ हाइड्रोपावरले असोज १८ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।  सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

अपर स्याङ्गे हाइड्रोपावरले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

यता असोज १३ गते वार्षिक साधारण सभा बोलाएको ङादी ग्रुप पावरले सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा मर्जर सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

बाराही हाइड्रोपावरले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीले भने यस बर्ष कुनै पनी लाभांस नदिने निर्णय गरेको छ  । 

बरुण हाईड्रोपावरले असोज १३ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभाले हकप्रद सेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

असोज २४ गते फुलपाती परेको छ भने त्यसपछि दशैंको विदा सुरु हुनेछ । कम्पनीहरुले घोषणा गरेको बोनस सेयरबाट प्रतिफल पाउन बोनस सेयर नेप्सेमा सूचीकरण हुनु पर्दछ । तर, नगद लाभांश भने साधारण सभा सम्पन भएपछि नै पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको