Like us!
Follow us!
Connect us!
Watch us!

लगातार किन बढ्दैछ सुनको मूल्य ?

अर्थ संसार

आइतबार, ३० भदौ २०८१, ११ : २७ मा प्रकाशित

लगातार किन बढ्दैछ सुनको मूल्य ?

सुनको मूल्यले यतिबेला नेपाली बजार तातेको छ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को उचाइ लिएको छ नयाँ, नयाँ कीर्तिमान बनाइरहेको छ । आइतबार तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । 

अघिल्लो साताको चौथो कारेबारका दिन बुधबार रेकर्ड कायम गरेको सुनको मूल्य पाँचौं दिन बिहीबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको थियो । 
अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ । 

किन बढ्यो सुनको मूल्य ?

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने गरिएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उत्तारचढावसँगै नेपालमा पनि मूल्य बढाइन्छ । तर महासंघले तोकेको मूल्यमा सर्वसाधारणले सुन पाउँदैनन् ।  सर्वसाधारणले सुन किन्दा व्यवसायीले जर्ती, ज्याला, मुनाफालगायत शीर्षकमा अतिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले पनि सर्वसाधारण महँगो मूल्यको भारमा पर्ने गरेका छन् ।

यतिबेला भने अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेण्ट लगायतका कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार हरेक दिन निर्धारण गरिदै आएको छ । त्यसैले विश्व बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढ्छ र घटेको खण्डमा घटेर कारोबार गरिन्छ ।  अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ५७८.२४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३०.७५ डलरमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको