Like us!
Follow us!
Connect us!
Watch us!

सकिएकै हो त सेयरबजारको बुल ? के भन्छन् लगानीकर्ता ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १३ : २३ मा प्रकाशित

सकिएकै हो त सेयरबजारको बुल ? के भन्छन् लगानीकर्ता ?

साउन ३१ गते सेयर बजारको परिसूचक नेप्से ३ हजार अंकमा पुग्यो त्यसयता परिसूचक निरन्तर ओरालो लागेर सोमबार आइतबारसम्म २६ सय अंक वरीपरी झरेको छ । बजार अझै घट्ने त्रास लगानीकर्तामा छ । 

असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको सम्झौतापछि एकाएक बुल’मा चलेको सेयर बजार  पछील्ला २ सातादेखि निरन्तर घटीरहेको छ । लगातार ६ दिनपछी गत  बिहिबार ७८ अंकले बढेको बजार फेरी यो साता हिजो (आइतबार) ५० अकंले घट्यो र आज (सोमबार) पनी बजार घट्ने मुडमै देखिएको छ । 

नयाँ सरकार गठन भएपछी २ हजार अंकको बिन्दुमा रहेको सेयर बजार निरन्तर बढेर ३ हजार अंकको बिन्दुसम्म पुग्यो । त्यसपछि निरन्तर घटेर परिसूचकमा अहिले २६ सय  अंक वरीपरी घुमिरहेको छ ।  बजार यसरी घट्न थालेपछी सेयर बजारको बुल सकिएको हो या करेक्सन मात्रै यसबारे विश्लेषण सुरु भएको छ । निरन्तर बजार घटिरहँदा सेयर बजारको बुललाई अन्योलमा पारिदिएको छ । 

सेयर बजार बढ्न थालेपछि नेप्सेमा ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । साउनको पहिलो साता दैनिक २ देखि ३ अर्ब रुपैयाँमा सीमित रहेकोकारोबार रकम बढेर साउन ३१ गते २९ अर्ब ९५ करोड पुगेको थियो । यतिबेला भने बजारको कारोबार रकम घटेर ७/८ अर्ब रुपैयाँ वरीपरी आएको छ । 

अबको बजार यात्रा कता त ?  सेयरबजारको बुल सकिएको हो ? यसबारे के भन्छन् बजार जानकारहरु ? 

बजारका युवा लगानीकर्ता रोहन कार्कीले बजार साइडवेजमा चलिरहेको बताएका छन् । बजारको अहिलेको प्यार्टन हेर्दा दशैसम्म बजार करेक्सन मुडमै देखिने उनको भनाई छ ।

उनले भनेका छन्,‘बजार अहिले करेक्सन मुडमै छ । बजारको प्यार्टन हेर्दा दशैंअगाडिसम्म यस्तै रहने नै देखिन्छ । बजारको अहिलेको अवस्थालाई हेर्दा करेक्सन मुडमा देखिएको हो बजार बढ्न चाँही बढ्छ’

यस्तै,बजारका अर्का लगानीकर्ता केशब कोइरालाले बजार साइडवेजमा चलिरहेको बताएका छन्  । बजार घट्नु सामान्य रहेको र बजार घटेर डराउनैपर्ने स्थिति नआएको उनको भनाई छ । 

उनले भने,‘बजार साइडवेजमा चलिरहेको हो,अहिले फेस्टिभ मुडले गर्दा पनि करेक्सन देखिएको हो अब दशैमा लगानीकर्ताहरुले सेयर किन्छन् । १ हजार अंकले बढेको बजार ४ सयले घटेको हो डराउनुपर्ने अवस्था छैन् । बुल सकियो बजार घटिरहन्छ भन्ने कुराहरु हल्ला मात्रै हुन् बजारमा त्यस्तो अवस्था छैन् ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको