Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ५७ अंकको गिरावट, ७ अर्ब ३६ करोडको कारोबार

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, १५ : १४ मा प्रकाशित

सेयर बजारमा ५७ अंकको गिरावट, ७ अर्ब ३६ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.०३ अकंले घटेर २५८०.७६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार घट्दा आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन हाइएड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको