Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनामा बैंकहरुको नाफा ९ अर्ब बढी,कुनको कति ?

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ११ : ५४ मा प्रकाशित

एक महिनामा बैंकहरुको नाफा ९ अर्ब बढी,कुनको कति ?

हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले महिनामा मात्रै ९ अर्बको नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार साउन महिनामा मात्रैं बैंकहरुले ९ अर्ब १७ करोड ६३ लाख रुपैयाँको नाफा कमाएका हुन् । जुन अघिल्लो साउनको तुलनामा ७.६४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा बैंकहरुले ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँको नाफा कमाएका थिए ।

केन्द्रीय बैंककाअनुसार यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंकले आफ्नो अग्रता कायमै राखेको छ । एक महिनाको अवधिमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा कमाएको हो । तर, उक्त नाफा गत वर्षको नाफा भन्दा १०.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै धेरै नाफा कमाउनेको दोस्रो स्थानमा नबिल बैंक रहेको छ। सो बैंकले साउनमा ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । साथै सर्वाधिक नाफा कमाउनको तेस्रो स्थानमा सरकारको स्वामित्वमा रहेको कृषि विकास बैंक रहेको छ। सो बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, धेरै नाफा कमाउनेको चौथो नम्बरमा हिमालयन बैंक रहेको छ। उक्त बैंकले साउनमा ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । साथै धेरै नाफा कमाउने बैंकको सूचीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पाँचौँ स्थानमा रहेको छ। सो बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, साउनमा प्रभु बैंकले ५३ करोड ८० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ५० करोड ५५ लाख रुपैयाँ, कुमारी बैंकले ५० करोड ३५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३२ लाख रुपैयाँ, एनएमबि बैंकले ४२ करोड ७२ लाख रुपैयाँ र एभरेष्ट बैंकले ४२ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

साथै, सानिमा बैंकले ३८ करोड २६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३४ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले ३४ करोड २२ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३३ करोड ३४ लाख रुपैयाँ र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३१ करोड १५ लाख रुपैयाँ नाफा आम्दानी गरेका हुन् । साथै, एनआईसी एशिया बैंकले २६ करोड ६३ लाख रुपैयाँ नाफा एक महिनामा आर्जन गरेको छ ।

यस्तै, एक महिनामा सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रे बैंकले २० करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै सो समयमा कम नाफा आर्जन गर्नेको दोस्रो स्थानमा नेपाल बैंक रहेको छ । सो बैंकले एक महिनामा २२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको