Like us!
Follow us!
Connect us!
Watch us!

आज नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०७ : २४ मा प्रकाशित

आज नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज बुधबारसम्म नेपाल ल्यूब आयल लिमिटेडको सेयर खरिद गर्नेले लाभांश पाउनेछन्। अर्थात् आज लाभांश सुरक्षित गर्ने अन्तिम हो । 

२० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्दैछ।

भोलि अर्थात् बिहीबार संविधान दिवसको सार्वजनिक बिदा परेकाले कम्पनीको बुकक्लोज अघिको अन्तिम कारोबार दिन आज बुधबार रहेको छ। आजसम्म नेप्सेमा कारोबार भएर कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन्।

कम्पनीको ३३औँ साधारणसभा असोज १८ गते पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बस्दैछ। साधारणसभाले लाभांशसँगै प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने प्रस्ताव पारित गर्नेछ।

एफपिओ निष्काशनपश्चात प्राप्त पूँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि छन्।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको