नेपाल ल्युब आयलको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ। आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरिएको बोनस सेयर कम्पनीले सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो।
नेपाल ल्युब आयलले चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीको लाभांश असोज २८ गते बसेको वार्षिक साधारणसभाबाट अनुमोदन भएको थियो।
कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस