Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको २५ प्रतिशत लाभांश घोषणा,बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ११ : ३३ मा प्रकाशित

नेपाल ल्यूब आयलको २५ प्रतिशत लाभांश घोषणा,बुक क्लोज कहिले ?

नेपाल ल्यूब आयल लिमिटेडले सेयरधनीहरुलाई २५ प्रतिशतल लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०८०/८१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

लाभांश पारित गर्न कम्पनीले कम्पनीको ३३औं वार्षिक साधारणसभा  डाकेको छ। सभा असोज १८ गते ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

साथै प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गरिने गरिने कार्यसूची छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको