Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस र एमालेबीच सत्ता सहकार्यले नागरिक खुसी : सभापति देउवा

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०८ : ०५ मा प्रकाशित

कांग्रेस र एमालेबीच सत्ता सहकार्यले नागरिक खुसी : सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले दुई ठूला दल कांग्रेस र एमादेबीचको सत्ता सहकार्यले नागरिक खुसी भएको पाइएको बताएका छन्।

काभ्रेको धुलिखेलमा शनिबार बीपी कोइरालाको शालिक अनावरण गर्दै सभापति देउवाले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताए। 

उनले भने, ‘कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन् आनन्द भएको छ भन्नेहरु छन् यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ।’ 

आगामी निर्वाचनमा कांग्रेसलाई कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको