Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १२ : ०३ मा प्रकाशित

नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन् ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको