Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अकंले बजार बढ्दा कारोबार रकम ५ अर्बमा सीमित

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १५ : १३ मा प्रकाशित

दोहोरो अकंले बजार बढ्दा कारोबार रकम ५ अर्बमा सीमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको कारोबार भएको छ ।  आज यस कम्पनीको २७ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र अपर स्यांगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.६५ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको