Like us!
Follow us!
Connect us!
Watch us!

खराब मौसम र निरन्तरको वर्षाले एनसेलका सेवा अवरुद्ध

अर्थ संसार

शनिबार, १२ असोज २०८१, ०९ : २८ मा प्रकाशित

खराब मौसम र निरन्तरको वर्षाले एनसेलका सेवा अवरुद्ध

निरन्तरको झरी र खराब मौसमका कारण दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका सेवाहरु अवरुद्ध भएका छन्।

एनसेलले शनिबार बिहान सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खराब मौसम र निरन्तरको भारी वर्षाका कारण यस कम्पनीले प्रवाह गर्दै आएका सेवाहरु अवरुद्ध हुन पुगेको अवगत गराउँन चाहन्छौं। यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।’

 अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नका लागि तदारुकताका साथ काम भइरहेको एनसेलले जनाएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको