Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य विभागले छापा हान्दा उद्योगमन्त्रीलाई भेट्न पुगे होटल व्यवसायी

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०८ : १६ मा प्रकाशित

वाणिज्य विभागले छापा हान्दा उद्योगमन्त्रीलाई भेट्न पुगे होटल व्यवसायी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटलमा छापा हान्दै १ होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो।

सो कारबाही होटल व्यवसायीका संगठन र उद्योग वाणिज्य संघ लगायतको ध्यानाकर्षण भयो। संगठनले उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेको छ। उनीहरुको माग व्यापारीलाई कारबाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्नेसम्मको थियो।

मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा सँगै हिँड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए।

‘हामी अहिले कोही व्यवसायी, कोही ग्राहक, कोही सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला हामी सबै उपभोक्ता हौँ, स्वस्थकर खाद्य सामग्री हामीले उपयुक्त मुल्यमा पाउनुपर्छ। तर काठमाडौंका केही रेस्टुरेण्टले असुल्दै आएको मुल्य अत्यधिक छ, त्यो गर्न पाइदैन। २२ रुपैयाँ पर्ने पानीको बोतल १ सय रुपैयाँमा बिक्री गर्दा कारबाही नगरेर के गर्ने ? होटलपिच्छै फरकफरक मूल्यसूची छ। यसमा एकरुपता ल्याउनुस्, गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउनुस् हामी अनुमगन गर्न छाडिदिन्छौँ,’ मन्त्री भण्डारीले भने।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको