Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ०७ : ५९ मा प्रकाशित

हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने

हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडले आईपीओ जारी गर्ने निर्णय गरेको छ। यस उद्देश्यका लागि कम्पनीले पुस २९ गते आफ्नो पहिलो वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो। सभा वीरगन्ज, पर्सास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे हुनेछ।

सभामा कम्पनीको गत वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू परेखिने छन्, जसमा नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरू समावेश छन्। त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रक्रियामा पनि छलफल हुनेछ।

साथै, कम्पनीले चुक्ता पूँजी र सञ्चित नाफासम्बन्धी प्रस्तावमा बैंक वित्तीय संस्थाबाट ऋण लिनका लागि सञ्चालक समितिलाई अधिकार दिने विषयमा पनि निर्णय गर्नेछ। यसका साथै, आईपीओ जारी गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको