Like us!
Follow us!
Connect us!
Watch us!

विपद्मा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १० : १० मा प्रकाशित

विपद्मा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा, ३ दिन झण्डा आधा झुकाइने

नेपाल सरकारले बिपदमा परेर ज्यान गुमाएकाहरुको सम्मानमा राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद वैठकले अविरल वर्षाका कारण भएको क्षतिको विषयमा निर्णय गरेको हो ।

वैठकले राष्ट्रिय सोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।

वर्षाका कारण गम्भीर घाइतेको सम्पूर्ण उपचार नेपाल सरकारले व्यहोर्ने पनि उनले बताए। खानेपानी, सडक, पुल, दुरसञ्चार, विद्युतको मर्मत सम्हार तत्काल गर्ने लगायतका निर्णय वैठकले गरको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको