Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत १८ कम्पनीको लाभांश घोषणा,कसको कति ?

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १३ : १९ मा प्रकाशित

सूचीकृत १८ कम्पनीको लाभांश घोषणा,कसको कति ?

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका म्युचुअल फण्ड बाहेक दोस्रो बजारमा सूचीकृत १८ कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् ।

सुपरमाई हाइड्रोपावरको लाभांश 

लाभांश घोषणा गर्ने कम्पनीमध्ये सुपरमाइ हाइड्रोपावरले यो वर्षको पहिलो बनेको छ । उक्त कम्पनीले भदौ १८ गते सेयरधनीका लागि ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश दिने  घोषणा गरेको छ । 

अपि पावर कम्पनीको लाभांश 
अपि पावर कम्पनीले पनी भदौ १८ गते ९ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको थियो । उक्त कम्पनीले असोज ३० गतेका लागि साधारणसभा बोलाएको छ । यद्यपि अपि पावरको प्रस्तावित बोनस सेयर विद्युत नियमन आयोगले अस्वीकृत गरेको छ ।

हाथवे इन्भेष्टमेन्टको लाभांश 

हाथवे इन्भेष्टमेन्ट नेपालले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कामना सेवा विकास बैंकको लाभांश 
कामना सेवा विकास बैंकले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

सानिमा रिलायन्सको बोनस सेयर
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । 

सिइडिबी हाइड्रोपावरको लाभांश 
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)ले ११ प्रतिशत बोनस सेयर र त्यसपछि हुने चुक्ता पुँजीको आधारमा ५४.५ प्रतिशत (एक बराबर ०.५४५ अनुपातमा) हकप्रद सेयर दिने घोषणा गरेको छ । 

नेपाल ल्युब आयलको लाभांश 
नेपाल ल्युब आयलले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

ओरियन्टल होटलको लाभांश
ओरियन्टल होटलले ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै, कम्पीले कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पनि दिने छ । 

गुराँस लघुवित्तको १५ प्रतिशत लाभांश 
गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

भगवती हाइड्रोपावरको लाभांश
भगवती हाइड्रोपावरले सेयरधनीका लागि ४ प्रतिशत बोनस सेयर १०.७३६८ प्रतिशत नगद लाभांश गरेर १४.७३६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

साहस ऊर्जाको लाभांश
साहस ऊर्जा लिमिटेडले सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

माण्डु हाइड्रोपावरको लाभांश घोषणा
माण्डु हाइड्रोपावर कम्पनीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ को नाफाबाट १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

एभरेष्ट बैंकको लाभांश
एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आशा लघुवित्तको लाभांश
आशा लघुवित्तले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

सुपर मादी हाइड्रोपावरको लाभांश
सुपर मादी हाइड्रोपावरले सेयरधनीहरुका लागी ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

युनिलिभर नेपालको लाभांश
युनिलिभर नेपालले सेयरधनीहरुका लागी १७१४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

मन्दाकिनी हाइड्रोपावरको लाभांश
मन्दाकिनी हाइड्रोपावरले सेयरधनीहरुका लागी ५ प्रतिशत बोनस सेयरसहित कर प्रयोजनको लागि लाग्ने ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको