Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोबाट कम्तीमा १७ अर्बको क्षति, २२ किलोमिटर सडक बगायाे

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०७ : १६ मा प्रकाशित

बाढीपहिरोबाट कम्तीमा १७ अर्बको क्षति, २२ किलोमिटर सडक बगायाे

बाढीपहिरोबाट कम्तीमा १७ अर्बको क्षति भएको सरकारी आकलन छ।  यद्यपि, क्षतिको विवरण संकलनको काम जारी छ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरोबाट २१ जिल्ला प्रभावित भएका छन्। विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । 

कृषि क्षेत्रमा ६ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ। किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ। 

भौतिक क्षतितर्फ खानेपानी संरचनामा तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा दुई अर्ब ५२ करोड, ऊर्जातर्फ चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ एक अर्ब ३५ करोडको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् ।  त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ। त्यसमा सडकतर्फ एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ ८२ करोड र बेलीब्रिजतर्फ २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।  सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

हालसम्म दुई सय २४ जनाको ज्यान गइसकेको छ २४ जना बेपत्ता छन्। एक सय ५८ जना घाइते छन्। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको