Like us!
Follow us!
Connect us!
Watch us!

हेलिकोप्टरबाट भए पनि बाढीपहिरो पीडितलाई राहत बाँड्न गृहमन्त्रीको निर्देशन

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०९ : ११ मा प्रकाशित

हेलिकोप्टरबाट भए पनि बाढीपहिरो पीडितलाई राहत बाँड्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए।

‘राजनीतिक दलहरु हिजो पनि विपदमा एकजुट भएर सामाना गरेको इतिहास छ, ’ उनले भने, ‘अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’

उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट सम्भव नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पु¥याउन निर्देशन दिए।

ललितपुरमा विपद्मा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध भराइएको छ। मन्त्री लेखकले पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रह समेत गरे। 

‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्वन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस्,’ गृहमन्त्री लेखकले भने।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको