Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोः लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : ३७ मा प्रकाशित

बाढीपहिरोः लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट प्रभावित लाभग्राहीको संख्या यकीन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

 गृह मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकीन गरेर आएमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो। 

गृहमन्त्री लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए। गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे।

गृहमन्त्री लेखकले विपदबाट ठूलो जनधनको क्षति भएको बताए। उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताए।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर जिल्लामा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए। उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गरे।

यही असोज १० देखि  १२ गतेको वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ, भने अझै १९ जना हराइरहेका छन्। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको