Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४४ पुग्यो

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०८ : १६ मा प्रकाशित

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २४४ पुग्यो

बाढीपहिरामा परी ज्यान गुमाउनेको संख्या २४४ पुगेको छ।  १९ जना अझै बेपत्ता छन्।

एक सय ७९ जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ।

प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ। 

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन्।

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेमा ७२ जनाको मृत्यु भएको छ, त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको