Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो बैंकहरूको आधार दर,कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

अर्थ संसार

विहीबार, १७ असोज २०८१, १० : २१ मा प्रकाशित

घट्यो बैंकहरूको आधार दर,कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?

वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) असोजमा ०.२२ प्रतिशतले घटेर ७.६९ प्रतिशत कायम भएको छ । भदौ महिनामा ७.९१ प्रतिशत रहेको आधार दर यस पटक घटेको हो । 

हाल बैंकहरुको आधार दर ६ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । २० वटै बैंकहरुको आधार दर महिनैपिच्छे घटीरहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै निक्षेपको ब्याजदर घटेको र यसले आधार दरमा पनि कमी आएको छ ।  निक्षेपको ब्याजदर घट्दा बैंकहरुको लागत घटेपछी बैंकहरुको आधार दर पनि घटेको हो ।

कुन बैंकको आधार दर कति ?

असोजका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशतमा झरेको छ, जुन सबैभन्दा कम हो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३७ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको आधार दर ७.०४ प्रतिशत, नबिलको ७.२४ प्रतिशत, नेपाल बैंकको ७.२८ प्रतिशत, ग्लोबल आइएमईको ७.४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.४९ प्रतिशत कायम भएको छ ।

यसैगरी , कृषि विकास बैंकको आधार पनि ७.६४ प्रतिशत, सानिमाको ७.६५ प्रतिशत, एनएमबिको ७.७२, सिद्धार्थको ७.७४ प्रभुको ७.७७, माछापुच्छ्रेको ७.८, नेपाल एसबिआईको ७.९१ प्रतिशत छ ।

त्यस्तै, लक्ष्मी सनराइजको ८.१७ प्रतिशत, सिटिजन्स बैंकको ८.२५ प्रतिशत, प्राइम कमर्सियलको ८.३५ प्रतिशत, हिमालयनको ८.३९, कुमारीको ८.४६ र एनआइसी एशिया बैंकको ९.०६ प्रतिशत रहेको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको