Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको स्थगित साधारणसभा पुन:आवहान

अर्थ संसार

आइतबार, २० असोज २०८१, ०७ : ५१ मा प्रकाशित

अपि पावरको स्थगित साधारणसभा पुन:आवहान

अपि पावर कम्पनीले स्थगित गरेको साधारणसभा पुन :आवहान गरेको छ।  

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले कार्तिक ११ गतेका लागि वार्षिक साधारणसभाको नयाँ मिति तय गरेको हो। सभा गौशालाको होटल क्रिष्टलमा बिहान ११ बजे हुनेछ। 

कम्पनीले यस अघि आश्विन १५ गते एक सूचना निकाल्दै स्थगित गरेको थियो।  कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीको कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गर्ने भनेको छ।  अर्थात कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्। 

के के छन् प्रस्तावहरु ?

सामान्य प्रस्ताव 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०६०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल तथा स्वीकृत गर्ने। 

२. लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८० / ०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने 

३. कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने ।

४. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८१/०८२ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने । 


विशेष प्रस्ताव
१. कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियम बाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनश सेयर वितरण गर्ने सम्बन्धमा । (कम्पनीको जगेडाकोष र सेयर प्रिमियममा रहेको चुक्ता पूँजीको ९.५१३५ प्रतिशत बाट ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष र शेयर प्रिमियममै कायम रहने)

२. कम्पनीले संचालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा कम्पनी ऐनको दफा १०५ (ख) अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

४. अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने ।

५. अपि पावर कम्पनी लिमिटेडले बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मे.वा.) निर्माण गर्ने ।

६. अपि पावर कम्पनी लिमिटेडले  दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८. ३ मे.वा.) निर्माण गर्ने ।

७. अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर स्वामित्व रहेको श्री सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा  लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मे.वा.) को निर्माण अन्तिम चरणमा भईरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने सम्बन्ध ।

८. कम्पनीको नियमावलीमा व्यवस्था भए बमोजिम कम्पनीका शेरधनीहरुबाट १ महिला तथा १ स्वतन्त्र समेत गरि ५ जना संचालकहरुको निर्वाचन गर्ने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको